वित्तीय संस्थाका कर्मचारीमाथि गोली प्रहार, चार लाख लुटियो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

वित्तीय संस्थाका कर्मचारीमाथि गोली प्रहार, चार लाख लुटियो


१२ जेष्ठ २०७६, आइतबार


धरान । जीवन विकास संस्थाका कर्मचारी शम्भुप्रसाद गच्छदारलाई आज अज्ञात समूहले गोली प्रहार गरी लुटपाट गरेका छन् । स्कुटीमा आएका तीन जनाको समूहले गोली प्रहार गरी उनको साथमा भएको रु ४ लाख लुटेको धरान इलाका प्रहरी कार्यालयले जनाएको छ ।

उनी पानबारीबाट दिउँसो को१८प ५२९४ नंं नम्बरको मोटरसाइकलबाट धरान फर्कंदै गर्दा तीन जनाको समूहले रोकेर लिफ्ट मागेका थिए ।

रोकेपछि लुटपाट गरेको र प्रतीकार गर्दा गोली प्रहार गरेको गच्छदारले बताए। उनीहरूले चार राउण्ड गोली हानेकामा दुई गोली उनलाई लागेको थियो ।

बायाँ कम्मरको माथिल्लो भाग र हातको कुहिनामा गोली लागेका गच्छदारको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकास्मिक कक्षमा उपचार भइरहेको प्रतिष्ठानस्थित प्रहरी पोष्टका इञ्चार्ज दुर्गा पराजुलीले जानकारी दिए ।

घटनापछि धरानको सुरक्षा व्यवस्था कडा बनाइएको सहायक प्रहरी निरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए । धरानबाट अन्यत्र जाने चारैतिरका नाकामा प्रहरी चेकपइन्ट राखेर लुटेराको खोजी गरिरहेको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस