चिनीयाँ युवती हत्याको अभियोगमा नेपाली युवा पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

चिनीयाँ युवती हत्याको अभियोगमा नेपाली युवा पक्राउ


१२ जेष्ठ २०७६, आइतबार


पक्राउ

हुम्ला । एक चिनीयाँ युवती हत्याको अभियोगमा नेपाली युवा पक्राउ परेका छन् । हुम्लाको सर्केगाड गाउँपालिका–२ का तेजबहादुर फडेरा चिनीयाँ युवतीको हत्या अभियोगमा पक्राउ परेका हुन् ।

उनलाई ताक्लाकोटबाट चिनीयाँ प्रहरीले पक्राउ गरी चिनको टुन्चुमा लगिएको जनाइएको छ ।

ताक्लाकोटमा चिनीयाँ युवतीको हत्यापछि हाल चिनीयाँ प्रहरीले कडा निगरानी राखेको बताइएको छ । नेपलीलाई ताक्लाकोटबाट नेपाल आउन सीमा पास दिइएको छैन भने हिल्साबाट ताक्लाकोट जान पनि रोक लगाइएको छ । हाल दुई हजार भन्दा बढी नेपाली कामका लागि ताक्लाकोटमा छन् ।

युवतीको मृत्यु भएको खबर चिनीयाँ प्रहरी हिल्सामा आएर जानकारी दिएको सीमा प्रहरी चौकी हिल्साले जनाएको छ । फडेरालाई अनुसन्धानका लागि चिनियाँ प्रहरीले नियन्त्रणमा लिएको सीमा प्रहरी चौकी हिल्साले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस