ओखलढुङ्गामा ‘स्मार्ट सिद्धिचरण एप्स’ सार्वजनिक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ओखलढुङ्गामा ‘स्मार्ट सिद्धिचरण एप्स’ सार्वजनिक


प्रशासन संवाददाता

१० जेष्ठ २०७६, शुक्रबार


ओखलढुङ्गा । सिद्धिचरण नगरपालिकाले ‘स्मार्ट सिद्धिचरण एप्स’ सार्वजनिक गरेको छ । नगरपालिकाको भौगोलिक तथा पर्यटकीय क्षेत्र, नगरपालिकाका नीति तथा कार्यक्रम र भए गरेका गतिविधिको जानकारी दिन बनाइएको मोबाइल एप्स सार्वजनिक गरिएको हो ।

आज एक कार्यक्रमकाबीच सांसद यज्ञराज सुनुवारले एप्स सार्वजनिक गरेका छन् । उनले विश्व अहिले प्रविधिमैत्री बन्दै गएको सन्दर्भमा नेपालका सबै सेवाप्रदायक र सरोकारका निकायले त्यसको अभ्यास गर्नुपर्ने बताए । नागरिक वडापत्रको सबै जानकारी मोबाइल एप्समा राख्न उनले सुझाव दिए ।

एप्सलाई नागरिकको आम्दानी, रोजगारी र पर्यटक भित्र्याउने माध्यमका रुपमा विकास गर्नुपर्नेमा सांसद सुनुवारको जोड थियो । नगरप्रमुख मोहनकुमार श्रेष्ठले एप्सको प्रयोगले सेवाग्राहीसँग नगरपालिकाको दुरी घटाएर सेवाप्रवाहलाई सरल र तीव्र बनाउन सहयोग पुग्ने बताए ।

नगरपालिकाको कामका बारेमा कुनै प्रश्न, गुनासो वा सुझाव भए एप्समार्फत सिधैँ राख्न सकिने उनको भनाइ छ । एप्समा नगरपालिकाका सबै प्रकारका सूचना, जनप्रतिनिधि तथा कर्मचारीको विवरण, प्रत्येक वडाको इतिहास तथा गतिविधि समेटिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस