बेलायती गोर्खाको समस्या समाधान गर्न सरकारले भूमिका खेल्नुपर्छ : थापा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बेलायती गोर्खाको समस्या समाधान गर्न सरकारले भूमिका खेल्नुपर्छ : थापा


८ जेष्ठ २०७६, बुधबार


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बेलायती गोर्खाले उठाएका जायज मागप्रति राप्रपाको ऐक्यबद्धता र समर्थन रहेको बताएका छन् ।

राप्रपा केन्द्रीय कार्यालय धूम्रबाराहीमा ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिको ज्ञापनपत्र बुझ्दै पूर्वउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री थापाले बेलायती गोर्खाले उठाएका मागका सम्बोधन गराउने सम्बन्धमा सरकारसँग पहल गरिने बताए ।

नेता थापाले सरकारले यी विषयलाई गम्भीरतापूर्वक लिई समस्या समाधानका निमित्त तत्काल अग्रसर हुनुपर्नेमा जोड दिए।

ब्रिटिस गोर्खा सङ्युक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अध्यक्ष थापा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री भएका समयमा बेलायती गोर्खाका माग सम्बन्धमा खेलेको महत्वपूर्ण भूमिकाको प्रशंसा गरेको थियो ।

सो अवसरमा राप्रपा महामन्त्री तथा सांसद राजेन्द्र लिङ्देनले बेलायती गोर्खाका विषयमा संसद्मा आवाज उठाइने प्रतिबद्धता व्यक्त गरे । तत्कालीन समयमा देशका तर्फबाट अध्यक्ष थापाले खेलेको भूमिकाप्रति सम्पूर्ण गोर्खा आभारी रहेको बताएको राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दियो ।

Tags :
प्रतिक्रिया दिनुहोस