२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाँचथर हत्याकाण्ड : मानबहादुर झुण्डिएको स्थान नजिकै भेटियो रगत लतपतिएको खुकुरी र कपडा

अ+ अ-

काठमाडौं । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा नौ जनाको सामुहिक हत्यामा संलग्नताको शंका गरिएका मानबहादुर
माखिम झुण्डिएको स्थान नजिक रगत लागेको खुकुरी र कपडा फेला परेको छ ।

माखिम रुखमा पासो लगाई झुण्डिएर मृत फेला परेको स्थान आसपास खोजतलास गर्दा हतियार र कपडा फेला परेको प्रहरीले जनाएको छ ।

झुण्डिएको स्थानदेखि केही टाढा खुकुरी र कपडा पोको पारेर भिरमा झारीएको अवस्थामा फेला परेको हो । भिरमा फ्यालिएको खुकुरी र कपडामा रगत लागेको छ । हत्याका बेला लगाएको कपडा फेरेर फ्यालेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

माखिम हत्या भएका परिवारका कान्छा ज्वाइँ हुन् । घटनास्थल प्रकृती, स्थानीयको भनाईका आधारमा माखिमले हत्या गरेको हुन सक्ने प्रहरीले शंका गरेको थियो । माखिम झुण्डिएको स्थान नजिक रगत लागेको खुकुरी र कपडा फेला पर्नुले उनको संलग्नता हुन सक्ने संभावना बलियो भएको प्रहरी अधिकारीले बताएका छन् ।

घटनामा भागेर बचेकी १२ वर्षीया सीता खाजुमले मास्क लगाएको एकजनालाई मात्र देखेको बताएकी थिइन् ।

पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गए राति धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।