तलब नपाएको भन्दै सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका शिक्षक–कर्मचारी आन्दोलित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

तलब नपाएको भन्दै सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका शिक्षक–कर्मचारी आन्दोलित


६ जेष्ठ २०७६, सोमबार


दार्चुला । सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका शिक्षक तथा कर्मचारी तलब नपाएको भन्दै आन्दोलनमा उत्रेका छन् । सुदूरपश्चिमाञ्चल विश्वविद्यालय प्राध्यापक संघ केन्द्रीय समिति कञ्चनपुरको नेतृत्वमा सुदूरपश्चिम प्रदेशका १४ वटै क्याम्पसका शिक्षक र कर्मचारीहरु विभिन्न ७ बुँदे माग राख्दै आन्दोलनमा उत्रेका हुन् ।

गत साउन महिनादेखि नियुक्त शिक्षक तथा कर्मचारीहरुले तलब भत्ता नपाएको बताइएको छ ।

उनीहरुले तलब भत्ता उपलब्ध गराउनुपर्ने, १४ वटै क्याम्पसका शिक्षक कर्मचारीहरु समायोजन नियुक्ति प्रभावित नहुने गरी पूर्णता दिनुपर्ने, सामायोजन हुन कैलाली बहुमूखी क्याम्पससहित १४ वटै क्याम्पसमा सामायोजन हुन छुटेका तर कार्यरत कर्मचारीहरुलाई पनि एमओयु हुदाँसम्मको नियुक्तिलाई आधार मानि समायोजन गर्न माग गरेका छन् ।

यसैबीच दार्चुलाको गोकुलेश्वर बहुमूखी क्याम्पसमा तालाबन्दी गरी पठनपाठन ठप्प पारेका छन् ।।

संघले शिक्षक तथा कर्मचारीहरुलाई उपदान र पेन्सनको व्यवस्था, त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा सञ्चालित सिद्धनाथ विज्ञान क्याम्पस सूप विश्वविद्यालयमा समायोजन गर्न मागसमेत गरेको छ ।

यस्तै सुदूपश्चिमका १४ वटै क्याम्पसहरुमा स्वीकृत दरबन्दी उपलब्ध गराई क्याम्पसहरुका नाममा स्वीकृत पुँजीगत रकम उलब्ध गराउन संघले माग गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस