डोटीको बडीकेदार गा.पामा एकिकृत घुम्ती शिविरबाट ८ सय ९५ जनाले लिए नागरिकता « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

डोटीको बडीकेदार गा.पामा एकिकृत घुम्ती शिविरबाट ८ सय ९५ जनाले लिए नागरिकता


प्रशासन संवाददाता

३ जेष्ठ २०७६, शुक्रबार


डोटी । डोटीको बडीकेदार गाउँपालिकामा संचालन गरिएको एकिकृत घुम्ती सेवा शिविरबाट ८ सय ९५ जनाले नेपाली नागरिकताको प्रमाण पत्र प्राप्त गरेका छन् ।

बडीकेदार गाउँपालिका र जिल्ला प्रशासन कार्यालय डोटीको सहकार्यमा बुधबार देखि संचालन गरिएको एकिकृत घुम्ती शिबिरमा ठुलो परिणाममा नेपाली नागरिकताको प्रमाण पत्र वितरण गर्नुका साथै अन्य सेवाहरु पनि उपलब्ध गरिएको बडीकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक पाण्डेयले बताएका छन् ।

शिविरमा ५ सय ९ जना महिला, ३ सय ८६ जना पुरुष गरी ८ सय ९५ जनाले नागरिकता लिएका हुन् । त्यसै गरि शिविरमै ७ सय ८५ जनाले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् त्यसै गरी स्वास्थ्य उपचार तथा चेकजाँच, पशु सेवा, कृर्षि सेवा, सम्बन्धी परामर्श लिएको बडीकेदार गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर चन्दले बताए ।

जनताको घर दैलोमा सरकारको उपस्थिती गराई जनतालाई सर्व सुलभ र सहजरुपमा सेवा प्रवाह गर्ने उद्देश्यका साथ जेठ १,२ र ३ गतेका लागी आयोजना गरिएको शिबिरमा ठुलो परिणाममा सेवाग्राहीहरुले सेवा लिएको जिल्ला प्रशासन कार्यालय डोटीका सहायक प्रमुख जिल्ला अधिकारी एवंम शिविर संयोजक टेकनारायण पौड्यालले बताए ।

उनले भने “ग्रामिण क्षेत्रमा सेवा शिविर संचालन गर्दा सेवा ग्राहीहरुलाई प्रत्येक्ष रुपमा लाभ प्राप्त भएको छ । जिल्ला प्रशासन कार्यालयको रेकर्ड अनुसार पछील्लो समयमा ग्रामीण भेगमा संचालन गरिएका ५ वटा शिविरहरु मध्य सबै भन्दा बढी नागरिकता वितरण भएको हजारौ सर्व साधारणलाई राहात पुगेको समेत संयोजक पौडेलले बताए ।

डोटीको बोगटानफुड्सिल गाउँपालिका बाट सुरु गरेको शिविर सायल गाउँपालिका, जोरायल गाउँपालिका, आदर्श गाउँपालिकामा पछीको बडीकेदार गाउँपालिकामा संचालन भएको पाचौ शिविर हो । अन्य स्थानीय तह सँगको समन्वयमा पनि जिल्लाका अन्य स्थानहरुमा शिविर संचालन गर्न सकिने समेत संयोजक पौडेले बताए ।

प्रतिक्रिया दिनुहोस