पूर्व उप अर्थमन्त्रीलाई पन्ध्र बर्षको जेल सजाय « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

पूर्व उप अर्थमन्त्रीलाई पन्ध्र बर्षको जेल सजाय


प्रशासन संवाददाता

३० बैशाख २०७६, सोमबार


बेइजिङ । चीनका पूर्व उप अर्थमन्त्री झाङ शाओचुङलाई सोमबार १५ बर्षको जेल सजायको फैसला गरिएको छ ।

लाखौ रुपैया अनियमिता गरेको आरोपमा उहाँलाई जेल सजायको फैसला भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

उनले अवैध तरिकाले कमाएको सवै सम्पत्ति राज्यको कोषमा जम्मा गर्न पनि अदालतले आदेश दिएको समाचारमा जनाइएको छ ।

त्यस बाहेक उनीलाई ६० लाख युआन जरिवाना पनि तोकिएको बेइजिङस्थित एक अदालतद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

अदालतले सन् १९९५ देखि २०१८ को बीचमा उनले विभिन्न पदमा रहदा पदिय अधिकारको दुरुपयोग गरी व्यक्तिगत र व्यापारिक फाईदा लिएको पाइएको जनाएको छ ।

उनले उपहार तथा रकमका रुपमा झण्डै ६ करोड ६९ लाख ८० हजार युआन लिएको पनि अदालतले जनाएको छ ।रासस/सिन्ह्वा

Tags :
प्रतिक्रिया दिनुहोस