म लठ्ठिन्छु !! « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

म लठ्ठिन्छु !!


२८ बैशाख २०७६, शनिबार


म लठ्ठिन्छु,
तिम्रो सामु स्मृतिको सौगात !
जुनताराको शीतलता संगै,
प्रेमको शाश्वतमा !!

म लठ्ठिन्छु,
तिमी सर्वश्रेष्ठ हौ र त !
फूलहरुको सुगन्ध अनि सुन्दरता संगै,
तिम्रो धर्तीको हरियालीमा !!

म लठ्ठिन्छु,
तिम्रो माया नै मायाको पुष्पवृष्टि !
शीतको माला संगै,
तिम्रो असीना र हिउँको साम्राज्यमा !!

म लठ्ठिन्छु,
तिम्रो घनघोर वर्षा, घामको उज्यालो !
पहाडको लहरहरुसंगै
प्रेमको हर्ष विष्मादोन्मुखमा !!

म लठ्ठिन्छु,
तिम्रो प्रतिच्छायाँ लुकामारीमा !
प्यारो न्यानो मान्छे संगै,
तिम्रो स्निग्ध भावनाको उर्बर मनमा !!

म लठ्ठिन्छु,
तिम्रो चन्द्रमा र ताराको स्वरुपमा !
कोपिलाइरहेको अनुराग संगै,
पुष्पपत्र वर्षिएर हामी पुरिएकोमा !!

म लठ्ठिन्छु,
तिम्रो भोक, तीर्खा अनि निन्द्रामा !
तिम्रो तीर्थ र हरपल प्रेमसंगै,
मेरो महामहिम तिमी नै भएकोमा !!
(रुरु गाउँ पालिका-१, भट्कुवा गुल्मी, प्रदेश-५)

Tags :
प्रतिक्रिया दिनुहोस