नेपाल भाषा र संस्कृतिको धनी देश : अध्यक्ष तिमिल्सिना « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपाल भाषा र संस्कृतिको धनी देश : अध्यक्ष तिमिल्सिना


प्रशासन संवाददाता

२६ बैशाख २०७६, बिहिबार


काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल भाषा र संस्कृतिमा धेरै धनी देश भएको बताएका छन् ।

काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘वर्तमान परिप्रेक्ष्यमा सामाजिक एवं सांस्कृतिक रूपान्तरणका लागि पश्चिम नेपालको आकांक्षा र आवाज’ विषयक सांस्कृतिक गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानको संस्कृति विभाग र अनुसन्धान, उद्यमशीलता एवं दिगो विकास केन्द्र, धनगढीले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा उनले नेपालको प्रकृति, धार्मिक, भाषा र संस्कृतिलाई सही सदुपयोग गर्न सके छिट्टै मुलुक समृद्ध बन्ने धारणा व्यक्त गरे ।

सो अवसरमा अध्यक्ष तिमिल्सिनाले एउटै विषयबस्तुलाई नेपाली, संस्कृत र अंग्रेजी भाषामा प्रकाशन सुरु गरेको त्रैमासिक पत्रिका ‘प्रसङ्ग’ को बिमोचन गरेका थिए । पत्रिका बिमोचनछि उनले नेपालमा रहेका विभिन्न भाषा, संस्कृतिलाई प्रवर्द्धन गरी विश्वभर चिनाउनुपर्ने बताए । प्रसङ्ग पत्रिकाले तीन भाषालाई एउकै ठाउँमा जोड्ने उद्देश्यले थालेको प्रकाशन प्रशंसनीय भएको भन्दै शुभकामना व्यक्त गरे ।

कार्यक्रममा पत्रकार मनिषा अवस्थीले वर्तमान परिप्रेक्ष्यमा सामाजिक एवं सांस्कृतिक रूपान्तरणका लागि पश्चिम नेपालको आकांक्षा र आवाज विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस