२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साकेला उभौली मनाउने तयारी

अ+ अ-

भद्रपुर । झापामा यस वर्षको उभौली पर्व २२ स्थानमा भव्यताका साथ मनाउने किराँत राई यायोक्खा जिल्ला कार्यसमितिले जनाएको छ ।

सांस्कृतिक आन्दोलनबाट जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जिल्लाका विभिन्न स्थानमा उभौली साकेला कार्यक्रम गर्न लागेको समितिका अध्यक्ष इन्द्रमान चाम्लिङले जानकारी दिए । जेठ ४ गतेबाट शुरु भई जेठ २५ गते कमल गाउँपालिका सितापुरीमा सम्पन्न गर्ने गरी कार्यक्रमको समयतालिका बुधबार एक कार्यक्रमका बीच दमकमा सार्वजनिक गरिएको हो ।

जेठ ४ गते दमक, विर्तामोड, लखनपुर, बाहुनडाँगी, तोपगाछी र कनकाईमा गरिने र जेठ ९ गते पृथ्वीनगर संयुक्त र गौरीगञ्ज संयुक्त, जेठ १० गते गौरादह बजार, ११ गते धरमपुर, धुलाबारी, पाडाजुँगीमा गर्ने जनाइएको छ ।

यसैगरी १३ गते शान्तिनगर, १४ गते हल्दिबारी–२, १५ गते बुट्टाबारी, १६ गते डाँगीबारी, १८ गते जलथल, धनुषा, शिवसतासी, बुधबारे र भद्रपुर, २३ गते अर्जुनधारा र २५ गते सितापुरीमा कार्यक्रम गर्ने तालिका रहेको छ । उक्त उभौली पर्वमा राई विद्यार्थी सङ्घ, राई पत्रकार सङ्घलाई पनि उपस्थितिका लागि अनुरोध गरिएको छ ।

झापा जिल्ला कारागारमा बन्दी जीवन बिताइरहेका राईहरुले पनि उभौली साकेला पर्व कारागारमै मनाउने भएका छन् । कारागारको कार्यक्रमका लागि जिल्ला उपाध्यक्ष नीरबहादुर राईको संयोजकत्वमा समिति गठन गरिएकोे छ । उनले जेठ ९ गते कारागारामा उभौली साकेला कार्यक्रम गर्ने तयारी रहेको बताए ।

वैशाख पूर्णिमाबाट शुरु हुने उभौली साकेलालाई जिल्लाका हरेक स्थानमा भव्य र सभ्यरूपमा सम्पन्न गर्न जिल्ला सचिव केवलराम राईको संयोजकत्वमा सम्पर्क समन्वय उपसमितिसमेत गठन गरिएको छ ।