२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कुनै प्रकारका तानाशाही व्यवस्था कांग्रेसलाई मान्य हुँदैन : सभापति देउवा

अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनै प्रकारको तानाशाही व्यवस्था कांग्रेसलाई मान्य नहुने बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौँ जिल्ला समितिले शुरु गरेको ‘हिमाल, पहाड, तराई–मधेश’ अभियानको आज शुभारम्भ गर्दै उनले राणा शासन र राजा फालेका कांग्रेसलाई कुनै प्रकारका तानाशाही व्यवस्था मान्य हुन नसक्ने बताएका हुन् ।

सभापति देउवाले प्रधानमन्त्रीले संसद्मा गैरसंसदीय शब्द प्रयोग गर्दा पनि सभामुख निरिह बनेर बसेको आरोप लगाउँदै संसद् विपक्षको हो, सरकार सत्तापक्षको हो, संसद्मा विपक्षले बोल्न पाउनुपर्छ भने ।

सरकारको नीति तथा कार्यक्रममा ‘मेरो सरकार’ उल्लेख हुनु संविधानको मर्म र भावनाविपरीत भएको बताउँदै उनले जागरण अभियानमार्फत् सरकारको गलत गतिविधिबारे आम जनतासमक्ष लैजानुपर्नेमा जोड दिए ।

‘गिरिजाबाबु र सुशील कोइराला पार्टी सभापति हुँदा केन्द्रीय सदस्य तलबाट लड्न नपर्ने व्यवस्था गरेका हुन्’, उनले भने । स्थानीय तहबाट केन्द्रीय सदस्य प्रतिनिधि भएर आउने व्यवस्थाबारे पार्टीभित्र छलफल गर्ने सभापति देउवाले बताए ।

कांग्रेस नेता प्रकाशमान सिंहले जागरण अभियानले पार्टीको वडादेखि केन्द्रसम्म थप ऊर्जा मिल्ने बताउँदै जनतालाई अधिकार सम्पन्न बनाउन कांग्रेसले खेलेको भूमिका आम जनतामाझ चिनाउन उक्त अभियानले सहयोगीको भूमिका निर्वाह गर्छ भने ।

जनताको दुःखमा साथ दिने पार्टी कांग्रेस भएको उल्लेख गर्दै उनले जनताको अधिकार सुरक्षित गर्न जागरण अभियान सञ्चालन गरिएको बताए ।

नेता सिंहले कांग्रेसको विचारसँग मेल खाने व्यक्तिलाई समेट्नुसमेत जागरण अभियानको मुख्य उद्देश्य रहेको बताउँदै पार्टीलाई विधिसम्वत ढङ्गले अनुशासित रुपमा अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरे ।

जागरण अभियान काठमाडौँका केन्द्रीय प्रतिनिधि एवं कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणले जागरण अभियानले पार्टीलाई नयाँ शैलीले अगाडि बढाउन खोजेको बताए । ‘कांग्रेसलाई सवल, सशक्त र जनतालाई बलियो बनाउनका लागि जागरण अभियान सञ्चालन गरेको हो’, उनले भने ।

काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक खाँणले जनताको प्रश्न संसद्मा राख्न खोज्दा सरकारको प्रधानमन्त्रीले गैरसंसदीय भाषाको प्रयोग गरेको आरोप लगाए ।

काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले जागरण अभियानले पार्टीलाई जगाउने काम गरेको बताउँदै ‘कांग्रेस नजागेसम्म भ्रष्टाचारमुक्त मुलुक बन्न सक्दैन भने ।’

कांग्रेस काठमाडौँका सभापति कृष्ण (सबुज) बानियाले पार्टीभित्र रहेको गुठ उपगुठको अन्त्य गरी पार्टीलाई संस्थागत ढङ्गले अगाडि बढाउनु आवश्यक रहेको बताए ।

आजदेखि शुरु भएको पहिलो चरणको जागरण अभियान जेठ २५ गतेसम्म देशभर चल्नेछ । दोस्रो चरणको अभियान भदौ २४ देखि असोज ७ गतेसम्म र तेस्रो चरणको अभियान पुस ७ देखि १६ गतेसम्म देशभर चल्ने कांग्रेसले जनाएको छ ।