कांग्रेसको जागरण अभियान आजबाट « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

कांग्रेसको जागरण अभियान आजबाट


२५ बैशाख २०७६, बुधबार


काँग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आजबाट राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । सरकारविरुद्ध खबरदारी र पार्टी सुदृढीकरणका लागि कांग्रेसले जागरण अभियान सुरु गर्न लागेको हो ।

काठमाडौंमा आज मध्याह्न १२ः३० बजे पार्टी सभापति शेरबहादुर देउवाले जागरण अभियानको उद्घाटन गर्नेछन् । स्वामी र बर–पिपलमध्ये १ विरुवा रोपेर कार्यक्रम उदघाटन गरिने जनाइएको छ ।

अभियानमार्फत पार्टीको नीति, कार्यक्रम र संशोधित विधानबारे छलफल गर्ने उद्देश्य पनि कांग्रेसले राखेको छ ।

‘हिमाल, पहाड, तराई–मधेसी नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ नाम दिइएको अभियान ३ चरणमा १ वर्षभरी देशभर चल्ने जनाएको छ ।

पहिलो चरणको अभियान आजदेखि सुरु हुने छ र यो एक महिनासम्म चल्ने छ । पहिलो चरणअन्तर्गत ७७ जिल्लामा अभियान सञ्चालन हुनेछ । दोस्रोमा ३ सय ३० प्रदेश र तेस्रोमा ७ सय ५३ स्थानीय तहमा अभियान सञ्चालन गर्ने योजना छ ।

जागरण अभियानका लागि कांग्रेसले नेताहरुलाई ७७ वटै जिल्लामा खटाएको छ । सम्पादन गर्नुपर्ने कामबारे जिम्मेवारीपत्र दिएर कांग्रेसले केन्द्रीय नेताहरुलाई जिल्ला पठाएको हो । कार्यक्रमलाई सफल पार्न कांग्रेसले भातृसंगठनहरुलाई पनि जिल्लामा परिचालन गरेको जनाएको छ ।

त्यस्तै, जागरण अभियानमा बजाउन १२ भाषमा जागरण गीत तयार पारिएको छ ।

अभियानमा ३ वक्ताले आफ्नो धारणा राख्नेछन् । सबै कार्यक्रममा महिला वक्ता अनिवार्य गरिएको कांग्रेसले जनाएको छ ।

यसअघि कांग्रेसले वैशाख ११ बाट जागरण अभियान सुरु गर्ने तय गरेको थियो । तर पार्टीका पूर्वकोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधन भएपछि निर्धारित कार्यक्रम स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस