श्रीलंकामा दुई सय धर्मगुरुसहित ६ सयको देश निकाला « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

श्रीलंकामा दुई सय धर्मगुरुसहित ६ सयको देश निकाला


२३ बैशाख २०७६, सोमबार


काठमाडौं । श्रीलंकामा दुई सय धर्मगुरुसहित छ सयको देश निकाला गरिएको छ । इस्टर सन्डेको बेला भएका श्रृंखलाबद्ध विष्फोटपछि श्रीलंकाले २ सय इस्लामिक धर्मगुरुसहित ६ सय विदेशीलाई देश निकाला गरेको हो ।

गृहमन्त्री बी अबयवर्दनाका अनुसार विष्फोटपछि छानविनको क्रममा भिसा अवधि समाप्त भइसकेको र केहीको गतिविधि शंकास्पद पाइएकाले देश निकाला गरिएको हो । तर, देश निकाला गरिएका नागरिक कुन–कुन देशका हुन् भन्ने खुलेको छैन ।

यद्यपि प्रहरीका अनुसार बंगलादेश, भारत, मालदिभ्स र पाकिस्तानका नागरिकहरुलाई देश निकाला गरिएको छ ।

श्रीलंकाका केही धार्मिक संस्थाहरुले दशकौंदेखि विदेशी उपदेशकहरुलाई राखेका थिए । गृहमन्त्री अबयवर्दनाले उनीहरुप्रति कुनै गुनासो नरहे पनि एकाएक आएका केही धार्मिक गुरुहरुलाई भने निगरानीमा राखिनुपर्ने बताएका छन् । केही विदेशी धर्मगुरुहरुले कुनै स्थानीय व्यक्ति वा समूहलाई भड्काएर फेरि आत्मघाती आक्रमण गराउन सक्ने श्रीलंका सरकारको आशंका छ ।

यसअघि वैशाख पहिलो साता श्रीलंकाका चर्च र होटलहरुमा श्रृंखलावद्ध बम विष्फोट हुँदा २ सय बढीको मृत्यु भएको छ भने ५ सयभन्दा बढी घाइते छन् । विष्फोटको जिम्मा इस्लामिक स्टेट समूहले लिएको छ ।

प्रतिक्रिया दिनुहोस