जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ


२२ बैशाख २०७६, आइतबार


धनुषा । मिथिला नगरपालिका-११ लोटा बस्ने ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पर्सा, बीरगंज महानगरपालिका-३२ बस्ने ३५ वर्षीय फिरोज अलीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

शारीरिक रुपमा अशक्त ती महिला राम्रो उपचार गर्छु भनि ललाईफकाई शनिबार साँझ फिरोजले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस