२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपत्यकाका १० स्थानमा सवारी चार्जिङ खुल्ने

अ+ अ-

काठमाडौं । उपत्यकाका १० स्थानमा सवारी चार्जिङ खुल्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले विद्युतीय सवारी प्रवद्र्धन गर्ने उदेश्यले चार्जिङ स्टेशन स्थापना गर्ने भएको हो ।

प्राधिकरणले पहिलो चरणमा काठमाडौंका १० स्थानमा साना सवारीको चार्जिङ स्टेसन स्थापना गर्ने प्रक्रिया अघि बढाएको हो । ठूला बस लगायतका सवारी पनि चार्ज गर्न सकिने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले एक सूचना जारी गर्दै शहरका मुख्य भागहरुमा स्टेसन निर्माणका लागि स्थान उपलब्ध गराउन ब्यापारिक, कम्प्लेक्स, सिनेमा हल, सुपर मार्केट, पार्क, विश्वविद्यालय, सरकारी निकाय, होटल, अस्पताल लगायतलाई आग्रह गरेको छ ।

चार्जिङ स्टेसनका लागि तीनवटा गाडी एकैपटक चार्ज गर्न सकिने र ५० वटा गाडी पार्किङको सुविधा भएको ठाउँलाई छनौट गर्न सकिने बताइएको छ ।

अबको छ महिनामा चार्जिङ स्टेसन खोलिसक्ने योजना रहेको प्राधिकरणले जनाएको छ । १० वटा स्टेसनका लागि १० करोड लगानीको योजना छ । यसका लागि केही दिनमै बोलपत्र आह्वा गरिने बताइएको छ ।

काठमाडौं उपत्यकामा ६ सय विद्युतीय सवारी साधनको अनुमान गरिएको छ ।

अहिले स्थापना गर्न लागिएको एउटा चार्जिङ स्टेसनमा फरक–फरक पोर्टमा लाग्नेखालका ५०/५० किलोवाटका तीनवटा चार्जर हुनेछन् । जसले एकैपटक तीनवटा सवारीले चार्ज गर्न सक्छन् । यस्तो चार्जिङ स्टेसनलाई एउटै स्मार्ट कन्ट्रोल सिस्टममा आवद्ध गरिनेछ । कन्ट्रोल सबैलाई रुमबाट सञ्चालन र व्यवस्थापन गर्न सकिने गरी स्टेसन निर्माण हुनेछ ।