उपत्यकाका १० स्थानमा सवारी चार्जिङ खुल्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

उपत्यकाका १० स्थानमा सवारी चार्जिङ खुल्ने


२२ बैशाख २०७६, आइतबार


काठमाडौं । उपत्यकाका १० स्थानमा सवारी चार्जिङ खुल्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले विद्युतीय सवारी प्रवद्र्धन गर्ने उदेश्यले चार्जिङ स्टेशन स्थापना गर्ने भएको हो ।

प्राधिकरणले पहिलो चरणमा काठमाडौंका १० स्थानमा साना सवारीको चार्जिङ स्टेसन स्थापना गर्ने प्रक्रिया अघि बढाएको हो । ठूला बस लगायतका सवारी पनि चार्ज गर्न सकिने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले एक सूचना जारी गर्दै शहरका मुख्य भागहरुमा स्टेसन निर्माणका लागि स्थान उपलब्ध गराउन ब्यापारिक, कम्प्लेक्स, सिनेमा हल, सुपर मार्केट, पार्क, विश्वविद्यालय, सरकारी निकाय, होटल, अस्पताल लगायतलाई आग्रह गरेको छ ।

चार्जिङ स्टेसनका लागि तीनवटा गाडी एकैपटक चार्ज गर्न सकिने र ५० वटा गाडी पार्किङको सुविधा भएको ठाउँलाई छनौट गर्न सकिने बताइएको छ ।

अबको छ महिनामा चार्जिङ स्टेसन खोलिसक्ने योजना रहेको प्राधिकरणले जनाएको छ । १० वटा स्टेसनका लागि १० करोड लगानीको योजना छ । यसका लागि केही दिनमै बोलपत्र आह्वा गरिने बताइएको छ ।

काठमाडौं उपत्यकामा ६ सय विद्युतीय सवारी साधनको अनुमान गरिएको छ ।

अहिले स्थापना गर्न लागिएको एउटा चार्जिङ स्टेसनमा फरक–फरक पोर्टमा लाग्नेखालका ५०/५० किलोवाटका तीनवटा चार्जर हुनेछन् । जसले एकैपटक तीनवटा सवारीले चार्ज गर्न सक्छन् । यस्तो चार्जिङ स्टेसनलाई एउटै स्मार्ट कन्ट्रोल सिस्टममा आवद्ध गरिनेछ । कन्ट्रोल सबैलाई रुमबाट सञ्चालन र व्यवस्थापन गर्न सकिने गरी स्टेसन निर्माण हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस