वर्डफ्लूबाट थप ‘नन कम्फर्म डेथ’ भएको हुनसक्ने भेटेरीनरी एशोसिएसनको आशंका « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

वर्डफ्लूबाट थप ‘नन कम्फर्म डेथ’ भएको हुनसक्ने भेटेरीनरी एशोसिएसनको आशंका


प्रशासन विशेष ब्युरो

२१ बैशाख २०७६, शनिबार


वर्डफ्लू

काठमाडौँ । वर्डफ्लू(एच ५ एन १) बाट नेपालमा पहिलो पटक एक व्यक्तिको मृत्यु भएको पुष्टिसँगै वर्डफ्लू रोगबारे गरिएको नजर अन्दाजप्रति नेपाल भेटेरीनरी एशोसिएसनले आपत्ति जनाएको छ ।

वर्ड फ्लु(हाइली प्याथोजेनिक एभियन इन्फ्लूएन्जा, एच ५ एन १ रोगबाट काभ्रे जिल्लाका एक २१ वर्षीय युवकको मृत्यु भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै एशोसियनले थप मानिसको मृत्यु त भएको छैन भन्ने तर्फ आशंका समेत व्यक्त गरेको छ ।

‘हाम्रो जस्तो ‘स्वास्थ्य सेवा’, ‘रोग सर्भिलेन्स सेवा’ र ‘रोग निदान प्रयोगशाला सेवा’ सुदृढ नभइसकेको देशमा सबै शंकास्पद बिरामीको नमुना सङ्कलन र रोग निदानका लागि अन्तराष्ट्रियस्तरका प्रयोगशालाहरूमा नमुना प्रेषित गर्न हुने कठिनाइलाई मध्यनजर गर्दा कतै थप सङ्ख्यामा ‘नन कन्फर्मड् डेथ’ भएका त छैनन् भन्ने ठुलो आशंका उब्जिएको छ’ जारी विज्ञप्तिमा भनिएको छ ।

यस्तो परिस्थितिमा ‘डराई रहनु पर्दैन’, ‘सजग रहनुस्’ भनी सरकार पन्छिन मिल्दैन एसोसिएसनका अध्यक्ष सितलकाजी श्रेष्ठ तथा महासचिव डा गृष्म नेउपानेद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

साथै एन ५ एन १ भाइरस पहिचान गर्ने प्रविधि राष्ट्रिय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा रहेको र वन हेल्थको अवधारणा अंगिकार गरी उक्त सुविधाको उपयोग गर्न सकिएको भए प्रारम्भिक अवस्थामा नै रोग पहिचानमा सहजता हुन सक्ने जनाउँदै यसप्रति गरिएको नजरअन्दाजप्रति आपत्ति रहेको एसोसियनले जनाएको छ ।

एशोसिएसनले हालसम्म पनि मृतकको नाम, ठेगाना, पेसाजस्ता विवरणहरू नुखालई, सङ्क्रमणको ट्रयाक ब्याक नगरिनु, रोगको कारक भाइरस एच ५ एन १ को थप अध्ययन गरी क्लेड पत्ता लगाई कुन स्रोत/स्थानको भाइरससँग मेल खाने किसिमको हो भन्ने बारेमा थप प्रतिवेदनहरू सार्वजनिक नगरिनु जस्ता गतिविधिबारे घोर आपत्ति जनाएको छ ।

हेर्नुहोस् विज्ञप्ति

वर्डफ्लू

Tags :
प्रतिक्रिया दिनुहोस