वास्तवमै आमा स्वर्गकै सच्चा पर्याय हुन् ! « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

वास्तवमै आमा स्वर्गकै सच्चा पर्याय हुन् !


नमुना कार्की

२१ बैशाख २०७६, शनिबार


‘आमा’कति प्यारो छ यो शब्द।

उच्चारण गर्दा पनि एकदम भारी भारी लाग्छ।

अनेकौँ शब्द भित्रमा रहेको एउटा सुन्दर अनि प्यारो शब्द आमा ।

शब्द यति प्यारो अनि गहकिलो हुनुमा पक्कै केही त लुकेको हुनुपर्छ।

आमाको माया ममता, स्नेह, त्याग, तपस्या, वात्सल्य, दु:ख, पीडा, हाँसो खुसी।

सायद यिनै कुराहरूले भरिएर होला आमा शब्द उच्चारण मात्रै गर्दा पनि भारी लागेको।

वास्तवमै आमा हुन्छिन् नै यस्तै । अरूका लागि होलिन् छुची नराम्री तर आफ्नो सन्तानको लागि सधैँ प्यारी अनि कोमल र सुन्दर ।

कहिलेकाहीँ केही कठोर बनेजस्तो गर्छिन् ऊनी तर केवल आफ्नो सन्तानकै भलाइका निम्ति । गाली पनि गर्छिन् उनी तर एकदमै माया लुकेको गाली ।

उनको कराइमा पनि लाग्छ ऊनी अमृत वाणी फाल्दैछिन्,आफ्नो सन्तानको प्रत्येक अङ्ग अङ्गमा उछिट्यर लाग्नेगरी । खै कसरी बयान गर्न सकिन्छ र आमाको बारेमा !

कलम पनि चल्दाचल्दै रोक्किन्छ्न अनायासै । सायद शब्दको महासागर पनि कम पर्दछ ‘आमा’ शब्दकै बयान गर्न । प्रकृतिको अनेकौँ सिर्जनामध्येकी एक अनमोल अनि अनुपम सिर्जना हुन् आमा ।

यस धर्तीमा सृष्टि गराउने सृष्टिकर्ता हुन् आमा । सन्ततिका निम्ति आफ्नो सर्वस्व लुटाउने ती महान् व्यक्तित्व हुन् आमा । लोरी सुनाउँदै मिठो स्वप्नमा पुर्‍याउने कोकिल कादम्बरी हुन् आमा । सन्तान जस्तोसुकै भएतापनी कहिले मायाको कमी हुन नदिने अजम्बरी मन हुन् आमा ।

सन्तान रोएमा पनि सँगसँगै रुन्छिन् उनी । उनको चित्त दुखेमा भित्रभित्रै आँसु दबाउछिन उनी । जतिसुकै दुख पिडाका पहाडलाई पनि आफ्नो अदम्य साहस अनि हिम्मतले चिर्छिन् उनी । उनको आँखाबाट आँसुका दाना झर्दा लाग्छ माया र स्नेहका बाध फुत्दैछ्न । उनको पटपट फुटेका पैताला देख्दा लाग्छ सन्तानका निम्ति गरेका दु:खहरू हास्दैछ्न ।

आफै बिरामी हुँदा पनि सकी नसकी घिस्रिँदै सबै काम गर्ने उनी सन्तानले आय्यासम्म भन्दा आत्तिन्छिन् । बरु भोकै बस्छिन् आफू तर सन्तानलाई फकाईफुल्याई गरेरै भएपनि खाना खुवाउँछिन् । चाहे उनका सन्तानलाई समाजले गरोस् अपहेलना नै तर पनी उनले कहिले हेला गर्दिनन् ।

आफू बस्छिन् अभावै अभावमा तर पनि आफ्ना सन्ततिलाई भने ममताले मत्याउछिन् । आफ्ना सन्तानको लागि घर परिवार समाजसँग लड्न तयार हुन्छिन् उनी । यतिसम्म कि आफ्नै श्रीमान् सँगै जुध्न तयार पर्छिन् उनी । सन्तानका सानातिना गल्तीलाई नजरअन्दाज गरी लुकाउन खोज्छिन् उनी । विघ्नका हर आधीबेहरीमा आफै अगाडि बढी सन्तानलाई जोगाउँछिन् उनी ।

सन्तानको लागि एक्लै समाजमा संघर्ष गर्न सक्ने एक योद्धा हुन् आमा । आमा एकल महिला त्यसै हुँदैनन् यहाँ । आफ्नो सन्तानप्रतिको माया ममताले रोकेको हुन्छ आमालाई अर्को जिबनसुरु गर्न । सामाजिक रितिरिवाजले हैन, उनलाई सन्तानको भविष्यको चिन्ताले रोकेको हुन्छ । त्यसैले त आमा ‘आमा’ हुन्। जतिसुकै गल्ती गरुन् सन्ततिले, क्षणभर मै माफी दिन्छिन् उनी । जतिसुकै हुन् सन्तान उनका, सबैलाई समान माया ममता बाद्छिन उनी।

त्यसैले त उनी आमा हुन् । ममताकि अनन्त खानी हुन् । संसारमा कहीँ नपाइने त्यो स्वर्गीय आनन्द हुन् । वास्तवमै आमा स्वर्गकै सच्चा पर्याय हुन् !

प्रतिक्रिया दिनुहोस