ओझेलको जिन्दगी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

ओझेलको जिन्दगी


२१ बैशाख २०७६, शनिबार


लाग्छ जिन्दगी कहिले काँही ओझेल भयो ।
भित्र बसेर उज्यालो दिने टर्चको सेल भयो ।।

स्वतन्त्र रूपमा जिउने चाहाना हुँदा पनि ।
थपघटनै नहुने गरि जिम्मेवारीको रेल भयो।।

एउटा साथीलाई सोधेको यार किन रूदैछस् ।
रहेछ १० फेल भयो त्यसपछि १२ फेल भयो।।

फेरि २० वर्ष उमेर नपुग्दै बिहे गरेर ल्याए पछि ।
कानुनकै आदेशले उसलाई आजीवन जेल भयो।।

त्यतिबेला बुद्धि पुगाएर काम गर्नुपर्दो रहेछ भनि।
सोच्ने समयमा हाम्रो जिन्दगी हाँस–खेल भयो ।।

धनगढी, कैलाली

प्रतिक्रिया दिनुहोस