मेरी आमा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मेरी आमा


प्रशासन विशेष ब्युरो

२१ बैशाख २०७६, शनिबार


आमा

दुःख, पिडा र संघर्षले निथ्रुक्क भिजेकी, मेरी आमा
मेरो लागि नवीन उत्साह र उमङ्गकी पल हुन् !!

जिन्दगीको दौडमा कहिले नथाक्ने, मेरी आमा
काम क्रोध, लोभ, मोहबाट सदैव बेखबर हुन् !!

भोको पेटमा पटुकी कसेर काम गर्ने, मेरी आमा
मेरो सु-स्वास्थ्य, दिर्घ जीवनका लागि ईश्वर हुन् !!

अनुहारमा कुण्ठा, अतृप्ति, गुनासो केही नदेख्ने, मेरी आमा
सङ्घर्षकी पर्याय, साहसी कदमकी मार्गदर्शक हुन् !!

आफ्नो जीवनको सुखद पलबाट टाढा, मेरी आमा
जिउँदो भगवानको चमत्कारी स्वरूप हुन् !!

भोकले छट्पटाएका आन्द्रामा प्यास मेटाउने, मेरी आमा
जीवनदेखि कहिल्यै हार नखाने, मेरो भरोसा हुन् !!

सत्य र न्यायको सधैँ बिगुल फुक्ने, मेरी आमा
युगौँ युगको लागि आत्म बोध, आत्मदर्शनकी पर्याय हुन् !!

सम्पत्तिको रत्ती पनि लोभ-लालच नभएकी, मेरी आमा
स्निग्ध प्रेमकी मुहान परिवारको, श्वास-प्रस्वास हुन् !!

(आमाको मुख हेर्ने दिन सम्पूर्ण आमाहरू प्रति सम्मान र नमन प्रकट गर्न चाहन्छु)
(रुरु गाउँपालिका-1, भट्कुवा गुल्मी, प्रदेश नं. 5)

प्रतिक्रिया दिनुहोस