गायक टम्पशेरको ‘आज लउ तिमी छौं’ सार्वजनिक (भिडियो सहित) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गायक टम्पशेरको ‘आज लउ तिमी छौं’ सार्वजनिक (भिडियो सहित)


प्रशासन संवाददाता

२० बैशाख २०७६, शुक्रबार


काठमाडौं । गायक तथा संगीतकार टम्पशेर राईको शब्द संगीतमा रहेको ‘आज तिमी छौं’ गीतको भिडियो सार्वजनिक भएको छ ।

नान्दु गुरुङको स्वरमा रहेको सो गीतमा पावन चाम्लिङ राईको एरेन्ज रहेको छ । त्यस्तै निकेश खड्काको निर्देशनमा रहेको गीतमा कमल सिंह र नग्मा श्रेष्ठको अभिनय रहेको छ ।

लामो समयदेखी रेडियोमा काम गर्दै आएका संगीतकार राईले पछिल्लो समयमा स्टेज कार्यक्रम सञ्चालकको रुपमा निकै नै लोकप्रियता कमाएका छन् ।

राईले दर्जनौ भन्दा बढी गीतहरु लेखिसकेका छन् ।

संगीतकार राईले पछिल्लो समयमा आफ्नै शब्द संगीत र स्वरमा धेरै म्युजिक भिडियोहरु बजारमा ल्याइसकेका छन् ।

हेर्नुस् भिडियो:

प्रतिक्रिया दिनुहोस