बुटवलमा टिपरको ठक्करबाट एक युवतीको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बुटवलमा टिपरको ठक्करबाट एक युवतीको मृत्यु


१९ बैशाख २०७६, बिहिबार


बस दुर्घटना

बुटवल । टिपरको ठक्करबाट बुटवलको पाखापानीमा एक युवतीको मृत्यु भएको छ । बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको लु४५प ७२३४ नम्बरको स्कुटरलाई टिपरले ठक्कर दिंदा बुटवल उपमहानगरपालिका-१२ तामनगरकी १९ वर्षकी पुष्पा भण्डारीको मृत्यु भएको हो ।

उनी बुटवलको हाटबजारमा रहेको सिद्धार्थ गौतमबुद्ध क्याम्पस (ब्यबस्थापन संकाय) कक्षा १२ मा अध्ययनरत छात्रा हुन् । उनी परीक्षा दिएर बुबासँग स्कुटरमा घर फर्किदै थिइन् । स्कुटर चालक घनश्याम भण्डारीको अवस्था भने सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले ठक्कर दिने लु२ख १९०३ नम्बरको टिपर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस