बसाई सरे उपराष्ट्रपति « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बसाई सरे उपराष्ट्रपति


१८ बैशाख २०७६, बुधबार


काठमाडौँ। उपराष्ट्रपति नन्द बहादुर पुनः लैनचौरस्थित समाज कल्याण परिषद्को भवनमा सरेका छन् ।

गैह्रीधाराको सरकारी निवासमा बस्दै आएका पुनः अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवसको अवसर पारेर निवास सरेका हुन् ।

सरकारले भदौ २१ गते समाज कल्याण परिषद्लाई त्यहाँबाट बाल कल्याण समितिको भवनमा सार्ने र समाज कल्याणमा उपराष्ट्रपति कार्यालय र निवास बनाउने निर्णय गरेको थियो। चन्दा तथा दानबाट बनाइएकोले समाज कल्याणको भवन सार्ने सरकारी निर्णयको चौतर्फी विरोधसमेत भएको थियो ।

वातावरण मैत्री बनाउन हरियो रङले रङ्ग्याइएको उक्त भवनलाई ‘ग्रिन हाउस’ नामकरण गरिएको छ ।

४५ कोठे यो भवनमा निवास र कार्यालय रहने छ ।

मर्मतको काम अझै नसकिएकोले कार्यालय सर्न अझै केही दिन लाग्ने भएपछि निवासको भने सम्पूर्ण कार्य सकिएकोले बुधवारदेखि नै सरेको उपराष्ट्रपति कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस