राजधानी तोक्न बनेको विधेयक प्रमाणीकरण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

राजधानी तोक्न बनेको विधेयक प्रमाणीकरण


१७ बैशाख २०७६, मंगलबार


प्रदेश नं १ का प्रदेश प्रमुख प्रा डा.गोविन्दबहादुर तुम्वाहाङले बृहत् विराट विकास क्षेत्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ लाई आज प्रमाणीकरण गरेका छन् ।

विधेयक प्रमाणीकरणपछि लामो समयदेखि थाती रहँदै आएको प्रदेशको नामकरण र राजधानीको विषय टुङ्गो लगाउन प्रदेश सरकारलाई बाटो खुलेको छ । अहिलेसम्ममा २७ वटा पारित विधेयकको प्रदेश प्रमुख प्रा डा.तुम्वाहाङले प्रमाणीकरण गरीसकेको उनका प्रेस सल्लाहकार शेखर रेग्मीले जानकारी दिए ।

प्रदेशसभाको यही वैशाख १९ गते बस्ने बैठकमा प्रदेशको नाम र स्थायी राजधानीका लागि प्रस्ताव ल्याउन सभामुख प्रदीपकुमार भण्डारीले यही वैशाख १५ गते बसेको बैठकमा आह्वान गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस