गायक आशुसेन लामाको ‘ओके छ त नी’ सार्वजनिक (भिडियो सहित) « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

गायक आशुसेन लामाको ‘ओके छ त नी’ सार्वजनिक (भिडियो सहित)


१७ बैशाख २०७६, मंगलबार


काठमाडौं । नानीको कहाँ पर्यो घर नाम के हो के पर्यो है थर गितको सफलता पश्चात गायक आशुसेन लामाको नयाँ गीत सार्वजनिक भएको छ ।  गायक लामाकै शब्द संगीतमा ओके छ त नी बोलको गीत सार्वजनिक गरिएको हो ।

चर्चित डान्स ग्रुप भिमफेदी गाइज र मोडल एलिशा राईको रमाइलो एवम् आकर्षक डान्सले भिडियो आकर्षक बनेको छ । भिमफेदी गाइजका निर्मल लामाको निर्देशन तथा कन्सेप्टमा तयार भएको भिडियोमा सम्पादन तथा क्यामेरा पवन शुस्लिङको रहेको छ ।

हामीले यो गितमा एउटा सुन्दर भिडियो बनाउने प्रयास र मिहेनत गरेका छौँ । आशा छ यस अघि झै तपाइहरुको माया पाउने छौँ । गीतको बारेमा बोल्दै भिमफेदी गाइजले ओके छ त लाई मन पराउनेमा विश्वस्त रहेको बताएका छन् ।

हेनुस् भिडियो सहित:

प्रतिक्रिया दिनुहोस