हतकडीले हैन, प्रमाणले बाँध्ने काम गरौं : महान्यायाधिवक्ता खरेल « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

हतकडीले हैन, प्रमाणले बाँध्ने काम गरौं : महान्यायाधिवक्ता खरेल


१७ बैशाख २०७६, मंगलबार


बलात्कार

काठमाडौं । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले २१औँं शताब्दीको न्याय प्रक्रिया भनेको हतकडीले बाँधेर नभई प्रमाणले बाँधेर न्याय सम्पादन गर्ने प्रक्रियातर्फ उन्मुख बन्दै गएको बताएका छन् ।

उनले वर्तमान अवस्थामा फौजदारी न्याय प्रशासन प्रक्रिया अघि बढाइरहँदा कुनै पनि व्यक्तिलाई बलपूर्वक वा हतकडीले बाँधेर न्यायलय सम्पादन नगरी प्रमाणले बाँधेर अपराधीलाई उम्कन नदिने गरी कार्यसम्पादन गर्न आग्रह समेत गरेका छन् ।

जिल्ला सरकारी वकिल कार्यालय गुल्मीको नवर्निमित भवनको आज उद्घाटन गर्दै महान्यायाधिवक्ता खरेलले अनुसन्धानको क्रममा रहेका कुनै पनि व्यक्तिलाई यातना दिएर वयान गराइने अवस्थाको अन्त्य भएको भन्दै न्याय सम्पादनबिना यातना स्वतन्त्रपूर्वक आफ्ना कुरा भन्न पाउनुपर्ने वातावरण बनाउनुपर्ने कुरामा जोड दिएका छन् ।

उनले अनुसन्धानको सिलसिलामा फौजदारी न्याय प्रशासनलाई अघि बढाउने कतिपय कुरामा आफूहरुले ध्यान पुर्‍याउन र ध्यान दिन नसकिरहेको बताउँदै अपराध अनुसन्धानको कुरामा विचार पुर्‍याएर अघि बढ्नुपर्नेमा जोड दिए।

महान्यायाधिवक्ता खरेलले अनुसन्धानको दायरामा कतिपय कुरा भनिंदैन र भन्न मिल्दैन तर त्यस्ता कुरामा प्रश्न गरेर अफ्ठ्यारो नपारी पत्रकारलाई आग्रह गरे ।

न्याय क्षेत्रलाई विशुद्ध व्यावसायिक र मर्यादित केन्द्रको रुपमा स्थापित गर्न सकेमा मात्र संस्थाको न्याय हुने र फौजदारी न्याय प्रशासन अगाडि बढ्ने उनले बताए । रु २ करोड ९ लाख ९४ हजार लागतमा निर्माण सम्पन्न भएको उक्त भवनमा आवास र पीडितमैत्री कक्षसहित १७ वटा कोठा रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस