कैलालीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु, स्थानीयको प्रदर्शनले लम्कीमा तनाव « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कैलालीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु, स्थानीयको प्रदर्शनले लम्कीमा तनाव


१७ बैशाख २०७६, मंगलबार


कैलाली । कैलालीमा मंगलबार बिहान ट्रकले ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ९२३३ को ट्रकले ठक्कर दिँदा स्थानीय लम्की बहुमुखी क्याम्पसमा अध्ययनरत छात्रा सुनीता रावलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीयबासीले दोषीलाई कारबाही गरी मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग राख्दै प्रदर्शन गरेका छन् । आक्रोसित स्थानीयको प्रदर्शनले लम्कीको अवस्था तनावग्रस्त बनेको छ ।

प्रदर्शनकारीहरुले ट्रक तोडफोड गर्नुका साथै सडकसमेत बन्द गराएका छन् ।

अवस्था नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस