श्रीमानद्वारा जलाउने प्रयास गरिएकी यादवको निधन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

श्रीमानद्वारा जलाउने प्रयास गरिएकी यादवको निधन


१६ बैशाख २०७६, सोमबार


काठमाडौं । श्रीमानद्वारा मट्टितेल छर्की जलाउन प्रयास गरिएकी धनुषाको शहीदनगर नगरपालिका वडा नं १ कि २० वर्षीया निर्मलाकुमारी यादवको आज उपचारका क्रममा निधन भएको छ ।

उनको कीर्तिपुरस्थित कीर्तिपुर मोडेल अस्पतालमा उपचारका क्रममा निधन भएको महानगरीय प्रहरीवृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक अनिलकुमार खड्काले जानकारी दिए । यादवको आज दिउँसो ४ बजे निधन भएको हो ।

यही वैशाख ५ गते श्रीमान् मुकेश गोइत यादवले आफ्नै घरको कोठामा थुनी निर्मलालाई मट्टीतेल छर्की जलाउने प्रयास गरेका थिए । मट्टितेल छर्की हत्या प्रयास गरिएकी यादवलाई उपचारका लागि केही दिनअघि मात्र अस्पताल भर्ना गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस