उपस्थित नहुने शिक्षकलाई कारवाही गरि छाडिने : नगर प्रमुख सरावगी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

उपस्थित नहुने शिक्षकलाई कारवाही गरि छाडिने : नगर प्रमुख सरावगी


१५ बैशाख २०७६, आइतबार


वीरगन्ज । तोकिएको विद्यालयमा समयअवधी भित्र हाजिर नहुँने शिक्षकलाई कडा कारवाही गरिने वीरगन्ज महानगरपािलकाका नगर प्रमुख बिजय कुमार सरावगीले चेतावनी दिएका छन् । उनले सरुवाको विषयलाई निहु बनाई विद्यार्थीको भविष्य र महानरपालिकाको प्रतिस्ठासंग खेलवाड गर्नेलाई कुनैपनि हालता नछाडीने प्रस्ट पारे ।

वीरगन्ज हानगरपालिकाको शिक्षा महाशाखाले आइतबार वीरगन्जको त्रिजुद्ध माविमा आयोजना गरेको प्रधानाध्यापकहरुको भेलालाई संम्बोधन गर्दै नगर प्रमुख सरावगीले सरुवा गरिएको विद्यलायमा हाजिर नभई विभिन्न बहाना र जालझेल गर्ने शिक्षकहरुलाई सेवाबाट हटाउने तयारीमा महानगरपालिका लागेको जानकारी दिए ।

भेलामा सहभागि भएका विभिन्न विद्यलायका प्रधानाध्यापक तथा शिक्षक शिक्षीकाहरुलाई सम्बोधन गर्दै नगर प्रमुख सरावगीले राम्रो काम गर्नेलाई पूरस्कार र गलत गर्नेलाई दण्डीत गर्ने नीति महानगरपालिकाले लिएको प्रस्ट पारे ।

उनले महानगरपालिका भित्रसंचालित रहेका विद्यालयको पूर्वधार विकास प्रति महानगरपालिका गम्भिर रहेको बताए ।

विद्यलायमा पूर्वाधार विकास नभए गुणस्तरीय शिक्षा प्रदान गर्न कठीन हुने यथार्तलाई स्वीकार गर्दै यसै शिक्षा शत्रदेखि पुर्वधार विकासका लागि अवास्यक लागनी गर्न महानगरपालिका तयार रहेको नगर प्रमुख सरावगीले जानकारी दिए ।

महानगर भित्र संचालीत रहेका सैब विद्यलायमा दिवास खाजाको व्यवस्था गरिए पछि विद्यलार्थीको संख्यामा वृद्धी भएको बताउदै नगरप्रमुख सरावगीले विद्यालयमा बढेको विद्यार्थीलाई अंग्रजी माध्यबाट शिक्षा प्रदान गर्ने तयारी रहेको जानकारी दिए।

कार्यक्रममा उठेका जिज्ञासाहरुको जवाफ दिदै शिक्षा महाशाखाका प्रमुख अरबिन्दलाल कर्णले महानगरपालकाको शिक्षा समितिले निर्धारण गरेका अध्यापन तालिका अनुसार विद्यालयमा संचालन गर्न अनुरोध गरे ।

उनले महानगरपालिकाले समायोजन गरिएका विद्यालयका शिक्षकहरुलाई खटाइएको बिद्यालयमा अबिलम्ब हाजिर हुन निर्देशन समेत दिए ।

महानगरपालिकाले आयोजना गरेको भेलामा महानगरपालिका भित्र रहेको माध्यमिक ,निम्नमाध्यमिक ,प्राथमिक तथा मदर्शाका प्रधानाध्यापकहरुको उपस्थित रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस