पर्यटन व्यवसायबाट देश समृद्ध हुन्छ : गृहमन्त्री थापा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पर्यटन व्यवसायबाट देश समृद्ध हुन्छ : गृहमन्त्री थापा


१५ बैशाख २०७६, आइतबार


पशुपतिनगर । गृहमन्त्री रामबहादूर थापाले पर्यटकीय क्षेत्रको प्रवर्द्धन गरी देश समृद्ध बनाउन सरकार क्रियाशिल रहेको बताएका छन् ।

भारतसँग सीमा जोडिएको इलामको पशुपतिनगर सीमा नाकामा स्थापना भएको अध्यागमन कार्यालयको उद्घाटन गर्दै उनले हिमश्रङ्खला, नदी खोला, ताल र प्रकृतिमा रम्न आउने पर्यटकलाई सजिलोका लागि संरचना थप्ने काम भइरहेको बताए ।

उनले विश्वका धेरै देश पर्यटनकै माध्यमबाट धनी भएकाले सरकारले नेपालमा धेरै पर्यटक भित्र्याउन सीमा क्षेत्रमा आवश्यक संरचना तयार गरिरेहेको जानकारी गराए ।

भारतको पश्चिम बंगालस्थित दार्जिलिङ्ग आउने तेस्रो मुलुकका पर्यटकलाई लक्षित गरि पशुपतिनगरमा अध्यागमन कार्यालय स्थापना गरिएको उल्लेख गर्दै उनले भारत सरकारलाई पनि आफ्नो क्षेत्रमा कार्यालय खोल्नका लागि कुटनीतिक पहल गरिएको बताए ।

कार्यक्रममा अध्यागमन कार्यालयका महानिर्देशक ईश्वरीप्रसाद पौडेलले सरकारले ल्याएको पर्यटन वर्ष–२०२० को लक्ष्य गरी अध्यागमन कार्यालय स्थापना गरिएको जानकारी गराए ।

सूर्योदय नगरपालिकाका प्रमुख रणबहादूर राईले प्रदेश सरकारले पर्यटकीय नगर घोषणा गरेको अध्यागन स्थापनापछि भुटान, बङ्गलादेशका पर्यटकलाई सेवा पुग्ने बताए।

Tags :
प्रतिक्रिया दिनुहोस