यहूदी प्रार्थनागृहमा बन्दुकधारीले गोली चलाउँदा एकको मृत्यु, तीन घाइते « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

यहूदी प्रार्थनागृहमा बन्दुकधारीले गोली चलाउँदा एकको मृत्यु, तीन घाइते


१५ बैशाख २०७६, आइतबार


क्यालिफोर्निया । अमेरिकाको सानडियागोस्थित एउटा यहूदी प्रार्थनागृहभित्र प्रवेश गरेर एक जना १९ वर्षीय बन्दुकधारीले जथाभावी गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार उक्त गोलीकाण्डमा अरु तीन जना घाइते भएका छन् ।

गोली लागेर एक महिनाको मृत्यु भएको भने एक जना यहूदी धर्मगुरु र दुई जना घाइते भएको प्रहरीले पुष्टि गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यहूदी बिरोधी तत्वले गरेको यस आक्रमणप्रति आपत्ति जनाएका छ ।

अमेरिकी इतिहासमै यहूदी समुदायमाथि छ महिना अघि पिट्सबर्गको यहूदी प्रार्थनाघरमा सबैभन्दा ठूलो आक्रमण भएको थियो जसमा ११ जनाको हत्या भएको थियो ।

सीमा सुरक्षा निकायमा कार्यरत सुरक्षाकर्मी जोन अर्नेष्टले यहूदी प्रार्थनाघरमा आक्रमण गरेको प्रहरीले जनाएको छ । गोली चलाएर भाग्न लागेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भाग्नेक्रममा उनैले प्रहरीलाई आफूले प्रार्थनागृहमा आक्रमण गरेको जानकारी दिएका थिए ।

गोली लागेका तीनै जनाको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । एजेन्सी

Tags :
प्रतिक्रिया दिनुहोस