प्रदेश सरकारले टुक्रे योजना नियन्त्रण गर्ने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रदेश सरकारले टुक्रे योजना नियन्त्रण गर्ने


१५ बैशाख २०७६, आइतबार


रारा । चालू आर्थिक वर्षमा कर्णाली प्रदेशका विभिन्न जिल्लामा टुक्रे योजना दिएको आलोचना भएपछि आगामी आर्थिक वर्षमा प्रदेश सरकारले यस्ता योजनालाई नियन्त्रण गर्ने जनाएको छ ।

मुगु सदरमुकाम गमगढीमा प्रेस चौतारी र प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले चालू आवमा विविध समस्या र अड्चनबीच प्रदेश सरकारले काम गर्नु परेकाले केही कमजोरी देखिए पनि आगामी आवमा तिनलाई सच्याउँदै एक करोडभन्दा मुनिका टुक्रे योजना नबनाउने बताउनु भएको हो ।

चालू आवमा विभिन्न कानून, कार्यविधि तथा निर्देशिका बनाउनुपर्ने, कुन योजना कसले चलाउने भन्ने विषयमा सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच अन्यौल रहेकाले चालू आवमा विकास बजेटको खर्चको अवस्था निराशाजनक देखिए पनि आर्थिक वर्षको अन्त्यसम्म उत्साहजनक रुपमा खर्च हुने उनले बताए ।

प्रदेश सरकारले मन्त्री र प्रदेशसभा सदस्यहरुको पहुँचका आधारमा बजेट दिएकाले मन्त्री नभएका जिल्लामा बजेट न्यून दिएको भन्ने सञ्चारकर्मीको जिज्ञासामा मन्त्री ज्वालाले आगामी आर्थिक वर्षमा पहुँचका आधारमा नभई सबै जिल्लाको सम्भावना र आवश्यकताका आधारमा बजेट विनियोजन गर्ने जवाफ दिए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस