अमेरिकी राष्ट्रपति र जापानी प्रधानमन्त्री बीच भेटवार्ता « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अमेरिकी राष्ट्रपति र जापानी प्रधानमन्त्री बीच भेटवार्ता


१४ बैशाख २०७६, शनिबार


वासिङ्टन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री सिन्जे आबेबीच अमेरिकामा भेटवार्ता भएको छ ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसमा शुक्रबार भएको भेटवार्तामा उनीहरुले दुई पक्षीय हित, व्यापार तथा अन्य विविध विषयमा छलफल गरेका छन् ।

उनीहरु बीच भेटवार्ता हुनु अगाडी ट्रम्प र आबेले पत्रकारहरुसँगको कुराकानीमा व्यापार सम्झौताको तयारी भएको बातएका थिए । त्यसैका लागि जापानी प्रधानमन्त्री आबे ह्वाईट हाउस आएको उनीहरुको भनाई थियो ।

ट्रम्पले वासिङ्टन र टोकियोबीच विगतको सम्वन्धमा थप सुधार गर्दै दिर्घकालिन सम्झौता हुन लागेको पनि बताएका थिए ।

विश्वका प्रभावशाली दुई देशका यी शिर्ष नेताबीच सिमा शुल्कका बारेमा भने अहिले पनि मतान्तर नै रहेको छ ।

चीनमा विश्व नेताहरुको सम्मेलन भइरहेका बेला भएको ट्रम्प र आबेको भेटवार्तालाई विश्वभरी नै चासोका साथ हेरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस