सरकारले सङ्घीयता विरोधी कुनै कानून ल्याएको छैन : गृहमन्त्री थापा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सरकारले सङ्घीयता विरोधी कुनै कानून ल्याएको छैन : गृहमन्त्री थापा


१४ बैशाख २०७६, शनिबार


जनकपुरधाम । गृहमन्त्री रामबहादुर थापाले प्रदेश नं २ को सरकारले प्रमुख जिल्ला अधिकारी राख्ने भन्ने कुरा आफूलाई जानकारी नभएको बताएका छन् । गृह मन्त्रालयद्वारा आज जनकपुरधाममा आयोेजित प्रदेश नं २ स्तरीय सुरक्षा गोष्ठीमा मन्त्री थापाले संविधानमा दुईवटा प्रमुख जिल्ला अधिकारीको व्यवस्था नभएको बताए ।

सरकारले सङ्घीयता विरोधी कुनै पनि विधेयक नल्याएको बताउँदै मन्त्री थापालेले सङ्घले संविधानअनुसार नै प्रदेश प्रहरीको व्यवस्थापन गर्ने बताए ।

उनले सरकारले नागरिकता समस्या हल गरिसकेको छ भन्दै सर्वोच्च अदालतले वि.सं. २०५४ को नागरिकताबारे आदेश दिएको र विगतमा सोको बारेमा पनि सरकारले स्पष्ट कारण दिई वि.सं. २०५८ को नागरिकताको समस्या हल गरेको स्पष्ट पारे ।

मन्त्री थापाले पछिल्लो एक वर्षको अवधिमा मुलुकमा सुशासन, शान्ति, सुरक्षा स्थितिको सुदृढ गर्ने काम भएको दाबी गर्दै स्वतन्त्र मधेशको माग राख्ने सिके राउतलाई राजनीतिको मूलधारमा ल्याउने र संविधान विरोधी शक्तिको गतिविधिलाई निस्तेज पारेर राष्ट्रिय अखण्डता र शान्ति सुरक्षा कायममा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ भने । संविधान विरोधीलाई पनि मूलधारमा ल्याउन सरकार प्रयासरत रहेको छ भने ।

मन्त्री थापाले पछिल्लो एक वर्षको अवधिमा अन्तर्राष्ट्रिय सम्बन्धमा गुणात्मक रूपले सुधार र लगानी प्रवर्द्धनको महत्वपूर्ण आधार खडा भएको बताउनु हुँदै आगामी लक्ष्य आर्थिक विकास दरमा वृद्धि रहेको धारणा राखे ।

Tags :
प्रतिक्रिया दिनुहोस