गजल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गजल


१४ बैशाख २०७६, शनिबार


हेर, कहिल्यै हसाउने छुत कहिल्यै रुवाउने छु
तिम्रो याद पनि आईरहन्छ, नभनेरै आउने छु

मलाई बौलाहा बनाउन केहीपनि गर्नुपर्दैन मित्र
उन्को बिहेको कुरा सुनाउ म सुनेरै बौलाउने छु

भन्न त भनेकै होलान घामजुनले पनि मैले जस्तै
तिमी सँगै उदाउने छु र तिमी सँगै अस्ताउने छु

तपाई मात्रै कतिदिन हेरेर अघाउनु हुन्छ आमा
आज तपाईं खानुस खाना म हेरेरै अघाउने छु

प्रतिक्रिया दिनुहोस