महिला स्वास्थ्य शिविर सम्पन्न « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

महिला स्वास्थ्य शिविर सम्पन्न


प्रशासन संवाददाता

१३ बैशाख २०७६, शुक्रबार


 महोत्तरी । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाडौं र बर्दिवास नगरपालिका महोत्तरीको संयुक्त आयोजनामा महोत्तरीको खयरमारा बर्दिवासमा बिहीबारदेखि सञ्चालित २ दिवसिय महिला स्वास्थ्य शिविर शुक्रबार सम्पन्न भएको छ ।

महिला सशक्तिकरण कार्यक्रम २०७६ अन्तर्गत संचालन गरिएको शिविरमा उक्त अस्पतालका चिकित्सक लगायतका स्वास्थ्यकर्मीको टोलीले गाइनो तथा हड्डी खिइएका सेवाग्राहीहरुलाई सेवा प्रदान गर्नुका साथै निस्शुल्क औषधी वितरण गरिएको थियो । शिविरबाट जम्मा ५ सय ३० जना महिला सेवाग्राहीले स्वास्थ्य सेवा लिएका छन् ।

साथै समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महोत्तरी खयरमाराको वडा नम्बर १० र ११ का टोलमा सम्बन्धित वडाका अध्यक्ष तथा प्रतिनिधिहरुसँग प्रहरी निरीक्षक शर्मिला गुरुङ समेतको प्रहरी टोलीले संयुक्त समुदायिक गस्ती परिचालन तथा समसामयिक विषयमा जानकारी समेत प्रदान गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस