भिष्म उप्रेतीको निवन्ध संग्रह तपाईको पाहाड कहाँ हो ? लोर्कापण « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

भिष्म उप्रेतीको निवन्ध संग्रह तपाईको पाहाड कहाँ हो ? लोर्कापण


प्रशासन संवाददाता

१३ बैशाख २०७६, शुक्रबार


काठमाडौं । कवि तथा निवन्धकार भिष्म उप्रेतीको निवन्ध संग्रह तपाईको पाहाड कहाँ हो ? को लोर्कापण काठमाडौंको डिल्लीबजारमा सम्पन्न भएको छ । निवन्धकार रोशन शेरचन, गोविन्द गिरी प्रेरणा डा. गितात्रिपाटी र लेखक स्वयमले पुस्तकको लोकार्पण गरे ।

पुस्तक माथी वोल्दै निबन्धकार रोशन शेरचनले निबन्ध मा भाषा प्राजल रहेको र आफुलाई निबन्ध मन परेको बताए । अव आग्रजहरू मात्र नभई समकालिन व्यक्तित्व को बारेमा पनि लेख्नुपर्ने बताए ।

अर्को वक्ता गोविन्द गिरी प्रेरणा ले पुस्तकमा व्यक्तिपरक निबन्ध आफुलाई मनपरेको बताए । अर्को वक्ता डा. गिता त्रिपाटी ले समकालिन निवन्धमा भिष्म उप्रेती का निबन्ध अवल्ल रहेको र उनले निबन्धलाई कवितात्मकम बनाएको बताए ।

पुस्तकको वारेमा वोल्दै लेखकले आफू कविता लेख्ने भएको र निवन्ध पनि कवितात्मक भएको बताए । आफु अझै साहित्य लेखनमा सक्रिय भएको हुँदा थप पुस्तक लेख्ने पनि बताए ।

कार्यक्रम संचालन कवि मणी लोहनीले गरेका थिए । उक्त पुस्तक शिखा वुक्सले प्रकाशन गरेको हो जसको मूल्य २५०/– रहेको छ ।

प्रतिक्रिया दिनुहोस