चन्द्रागिरि गोल्डकप आइतबारदेखि « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चन्द्रागिरि गोल्डकप आइतबारदेखि


प्रशासन संवाददाता

१३ बैशाख २०७६, शुक्रबार


काठमाडौं । दीपशिखा युवा समूहको आयोजनामा दोस्रो संस्करणको चन्द्रागिरि गोल्डकप प्रतियोगिता यही वैशाख १५ गतेदेखि हुने भएको छ । चन्द्रागिरीस्थित नैकाप खेल मैदानमा हुने उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक रमेश बुढाथोकीले जानकारी दिए ।

सहभागी टोलीमा आयोजक दीपशिखा युवा समूहसहित त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बल (एपिएफ), जावलाखेल युथ क्लब, सरस्वती युथ क्लब, फेन्ड्रस क्लब, वीरगञ्ज युनाइटेड र च्यासल युथ क्लब छन् । प्रतियोगिताको विजेताले रु पाँच लाख तथा उपविजेता रु तीन लाख पाउनेछ । प्रत्येक खेलमा म्यान अफ द म्याच घोषित खेलाडीले रु ५ हजार पाउनेछ ।

प्रतिक्रिया दिनुहोस