लोकतन्त्रमा सबैलाई समान अवसर : मुख्यमन्त्री राउत « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लोकतन्त्रमा सबैलाई समान अवसर : मुख्यमन्त्री राउत


११ बैशाख २०७६, बुधबार


लोक सेवा

बर्दिवास । प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले लोकतान्त्रिक पद्धतिमा सबै धर्म, भाषाभाषी र क्षेत्रले विकासको समान अवसर पाउने बताएका छन् ।

लोकतन्त्र दिवसको अवसरमा संघीय समाजवादी फोरम महोत्तरीको बर्दिवासमा आयोजित महोत्तरी जिल्ला समन्वय समिति मञ्चको कार्यक्रममा मुख्यमन्त्री राउतले त्यस्तो अवसर सबैलाई अनुभूति गराउन प्रदेश सरकार प्रयत्नरत रहेको बताएका छुन् ।

लोकतन्त्र नारा वा पढेर बुझिने सिद्धान्त मात्र नभएर जीवनपद्धति भएकाले आफ्नै जीवनमा आएको सकारात्मक परिवर्तन जनताले अनुभूति गर्न पाउनुपर्ने राउतको भनाइ थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले आधारभूत स्वास्थ्य सेवाबाट कोही वञ्चित नहुन भनेर सरकारले काम गरेको उल्लेख गरे ।

फोरमले संविधानको भावनाअनुसार यसअघिको आफ्नो जिल्ला कार्यसमिति विघटन गरेर जिल्ला समन्वय समिति गठन गर्न लागेको सो दलका नेता राजकिशोर यादवको भनाइ थियो । आज आयोजित जिल्ला समन्वय समिति मञ्चले दलको जिल्ला समन्वय समिति चयन गर्ने बताइएको छ ।

जारी मञ्चमा जिल्लाका १५ स्थानीय तहका पार्टी प्रमुख, प्रत्येक स्थानीय तहबाट एक महिला अनिवार्य व्यवस्था र दुई प्रतिनिधिसहित ५६ प्रतिनिधि सहभागी छन् । यी प्रतिनिधि जिल्ला समन्वय समितिका सदस्य हुने र यिनैले आफूमध्येबाट अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षसहितका पदाधिकारी चयन गर्ने यादवले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस