कर्मचारी समायोजनबारे मेयर-मन्त्री घम्साघम्सी(भिडियो) « प्रशासन

कर्मचारी समायोजनबारे मेयर-मन्त्री घम्साघम्सी(भिडियो)


प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार १७:४८

समायोजन

काठमाडौँ । संघीय संरचना अनुसार संघ, प्रदेश र स्थानीय गरी तीनै तहमा स्थायी रूपमा कर्मचारी व्यवस्थापन गर्ने कार्य अर्थात् कर्मचारी समायोजनको औपचारिक प्रक्रिया पुरा भइसकेको छ तर यसको बहस भने अझै चरम उत्कर्षमै छ ।
पछिल्लो समयमा सरकारले समायोजन गरी पठाएका कर्मचारीलाई स्थानीय तहले हाजिर नगराई फिर्ता पठाएको घटना पछि स्थानीय तह र संघीय सरकारबिचको द्वन्द्व सतहमा आएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको संयुक्त आयोजनामा मङ्गलवार राजधानीस्थित होटेल एलो पगोडामा सञ्चालित ‘संघीय पद्धति सुदृढीकरणमा स्थानीय जनप्रतिनिधि र कर्मचारीको भूमिका’ विषयक कार्यक्रममा नेपाल नगरपालिका संघका अध्यक्ष तथा धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार ब्याञ्जु(श्रेष्ठ) र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित बिचको घम्साघम्सीले पनि यही पुष्टि गरेको छ ।

हेर्नुहोस् कर्मचारी समायोजनका सन्दर्भमा  मेयर ब्याञ्जुको प्रश्न तथा असन्तुष्टि बारे मन्त्री पण्डितको जवाफ तथा स्पष्टोक्ति

Tags:

प्रतिक्रिया दिनुहोस