प्रधानसेनापतिबाट प्राविधिक उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रधानसेनापतिबाट प्राविधिक उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान


प्रशासन संवाददाता

१० बैशाख २०७६, मंगलबार


काठमाडौं । नेपाल सरकार, मन्त्रीपरिषद्को वैशाख ०५ गतेको निर्णय अनुसार प्राविधिक उपरथी दर्जामा पदोन्नति भएका वीरेन्द्र अस्पतालका कमाण्डाण्ट प्राविधिक सहायक डा.सुनिल कुमार सिंहलाई आज जंगी अड्डामा आयोजित एक विशेष समारोहका बीच प्रधानसेनापति पूर्णचन्द्र थापाले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

साथै, प्राविधिक उपरथी दर्जामा पदोन्नति भएका प्राविधिक डा.सिंहलाई सैनिक स्वास्थ्य महानिर्देशनालयको महानिर्देशकको जिम्मेवारी दिईएको छ ।

प्रतिक्रिया दिनुहोस