संघीय पद्धति सुदृढीकरणमा स्थानीय जनप्रतिनिधि र कर्मचारीको भूमिका विषयक कार्यक्रम हुँदै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

संघीय पद्धति सुदृढीकरणमा स्थानीय जनप्रतिनिधि र कर्मचारीको भूमिका विषयक कार्यक्रम हुँदै


१० बैशाख २०७६, मंगलबार


काठमाडौँ । संघीय पद्धति सुदृढीकरणमा स्थानीय जनप्रतिनिधि र कर्मचारीको भूमिका तथा अन्तरसम्बन्ध विषयक अन्तरक्रिया हुँदैछ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको संयुक्त आयोजनामा सञ्चालन हुने उक्त कार्यक्रम मङ्गलवार बिहान ८ बजेदेखि होटेल एलो पगोडामा सुरु हुँदैछ ।

कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, सचिव यादव कुमार कोइराला, आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्य ढकाल लगायत नेपाल नगरपालिका महासंघ, गाउँ पालिका राष्ट्रिय महासंघ तथा निजामती कर्मचारीहरूको राष्ट्रिय स्तरका ट्रेड युनियनका पदाधिकारीहरूको सहभागिता रहेको छ ।

मन्त्रालयका वरिष्ठ सहसचिव तथा केही दिन अघि मात्रै सरकारले प्रदेश नं १ को प्रमुख सचिवको जिम्मेवारी दिइएका सुरेश अधिकारीले स्थानीय तहका जन प्रतिनिधि र कर्मचारीहरूको अन्तरसम्बन्ध सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै छन् भने आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्य प्रसाद ढकालले जनप्रतिनिधि र कर्मचारीबिचको सह–सम्बन्धमा ट्रेड युनियनको भूमिकाबारे कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया दिनुहोस