२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कम्युनिष्ट कार्यकर्ता श्रममा जोडिनुपर्दछ : मुख्यमन्त्री गुरुङ

अ+ अ-

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कम्युनिष्ट विचार र सिद्धान्तलाई आत्मसात् गर्ने पार्टीका कार्यकर्ताहरु उत्पादनसँग जोडिनुपर्ने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ७० औँ स्थापना दिवस तथा १४९ औँ लेनिन जयन्तीका अवसरमा नेकपा कास्कीले आज आयोजना गरेको प्रवचन कार्यक्रममा उनले पार्टी कार्यकर्ताले अलि बढी मेहनत र श्रम गरी उत्पादक सामथ्र्य र शक्ति बढाउनुपर्ने बताए ।

उनले भने, ‘यदि हामीले अहिलेको अवस्थामा देशभित्र उत्पादन बढाउनतर्फ लागेनौँ भने समृद्धि आउँदैन, रमाइलो हेरेरमात्र सम्भव छैन, उत्पादक शक्ति र सामथ्र्य बढाउँदै समृद्धिमा योगदान गरौँ ।’

पार्टीका प्रदेश इञ्चार्जसमेत रहेका मुख्यमन्त्री गुरुङले विचार र सिद्धान्तका आधारमा मात्र पार्टीलाई अघि बढाइनुपर्नेमा जोड दिँदै विगतका नकारात्मक र सकारात्मक दुवैको समीक्षा गरेर पार्टीलाई नयाँ ढङ्गबाट अगाडि बढाइनुपर्नेमा जोड दिए ।

“सरकारले कामको गति बढाएको छ’, उनले भने, ‘तत्काल परिणाम नदेखिए पनि केही समयमै यसको अनुभूति हुने भएकाले पार्टीका नेता कार्यकर्ताले पनि सोही कुरा बुझेर सरकारका कामका बारेमा जनतालाई बुझाउन सक्नुपर्दछ ।’

प्रदेश कमिटीका अध्यक्ष एवं पूर्वमन्त्री हीतराज पाण्डेले कम्युनिष्ट विचारमा प्रतिबद्ध कार्यकर्ताले सर्वहारा वर्गका अग्रज नेता लेनिनको विचार र कार्यनीतिलाई अँगाल्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा पार्टीका कास्की अध्यक्ष कृष्ण थापा तथा सचिव बखानसिंह गुरुङले पार्टी कामलाई अब व्यवस्थितरुपमा जनतासमक्ष लगिने बताए ।