धौबादीको फलाम खानी उत्खनन् गरी हजारौंलाई रोजगारी दिइने : प्रधानमन्त्री « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

धौबादीको फलाम खानी उत्खनन् गरी हजारौंलाई रोजगारी दिइने : प्रधानमन्त्री


प्रशासन संवाददाता

८ बैशाख २०७६, आइतबार


नवलपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले धौबादीमा रहेको फलाम खानीको उत्खनन् सुरु गरी हजारौंलाई रोजगारी दिइने बताएका छन् ।

उनले शनिबार नवलपुरको कावासोतीमा आयोजित कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले आगामी तीनबर्ष भित्र हरेक घरमा बिजुली पुर्‍याइन भन्दै केही बर्ष भित्र दाउन्नेका पहाडमा सुरुंग मार्ग बनाउने बताए ।

प्रधानमन्त्री ओलीले नवलपुर जिल्लाको सदरमुकाम सिलान्यास गरेका छन् । उनले संविधानमा नवलपुरलाई जिल्ला कायम गर्न आफूले धेरै मेहनत गर्नु परेको बताएका छन् ।

“यस क्षेत्रलाई जिल्लाको रुपमा स्थापित गराउन र यसलाई प्रदेश नं ४ मा राखेर भारतसँग सिमाना जोडाउन मैले धेरैजना नेताहरुलाई सम्झाउनु पर्‍यो ” प्रधानमन्त्री ओलीले भने “अब यो नयाँ जिल्लाले आफूलाई देशकै नमुना जिल्लाको रुपमा पहिचान बनाउनु पर्दछ ।”

Tags :
प्रतिक्रिया दिनुहोस