भौतिक पूर्वाधारमा जोड दिइनेछ : मन्त्री विश्वकर्मा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

भौतिक पूर्वाधारमा जोड दिइनेछ : मन्त्री विश्वकर्मा


प्रशासन संवाददाता

६ बैशाख २०७६, शुक्रबार


दाङ । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले खेलकूदको विकासका लागि भौतिक पूर्वाधारमा जोड दिइने बताएका छन् ।

आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत आज तुलसीपुरमा कराते प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री विश्वकर्माले उत्साहका साथ खेलमा सहभागी हुन सबै खेलाडीलाई आग्रह गरे । उनले कराते प्रतियोगिताका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणको काम अधुरो भएकामा दुःख व्यक्त गरे ।

‘मन्त्रालयले निर्माण कार्यलाई छिट्टै पूर्णता दिनेछ’, मन्त्री विश्वकर्माले भने । प्रदेश ५ मा राष्ट्रिय खेलकूद प्रतियोगिता आयोजना गरेर भौतिक पूर्वाधार निर्माण गरिनु सकारात्मक कुरा भएको उनको भनाइ थियो ।

प्रतियोगिताअन्तर्गत कराते खेल शनिबार बिहान ८ बजेदेखि शुरु हुने आयोजकले जनाएको छ । उक्त प्रतियोगितामा सातवटै प्रदेश, तीन विभागीय टोली र एनआरएनका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस