बिप्लव निकट किसान संघ पाल्पाका अध्यक्ष पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बिप्लव निकट किसान संघ पाल्पाका अध्यक्ष पक्राउ


प्रशासन संवाददाता

६ बैशाख २०७६, शुक्रबार


pakrau

बेझाड । बिप्लव नेतृत्वको नेकपा निकटको अखिल नेपाल किसानसंघ पाल्पाका अध्यक्ष टोपराज बस्याललाई प्रहरीले पक्राउ गरेको छ ।

तानसेन नगरपालिका–८ मदनपोखराबाट बस्याललाई बिहीबार पक्राउ गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले बताए ।

बस्याललाई आजै मुद्दा दर्ता गर्ने तयारी भइरहेको र कुन मुद्दा दर्ता गर्ने भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पोखरेलले बताए । मदनपोखरा निवासी बस्याल बिप्लव नेतृत्वको नेकपाका जिल्ला सदस्य र किसान संघका केन्द्रीय सदस्य पनि छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस