१० हजार घुस मागेको अभियोगमा नवलपरासीका कनिष्ट सहायक सुनारविरुद्ध मुद्दा दायर « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

१० हजार घुस मागेको अभियोगमा नवलपरासीका कनिष्ट सहायक सुनारविरुद्ध मुद्दा दायर


प्रशासन संवाददाता

५ बैशाख २०७६, बिहिबार


अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय वाणिज्य बैंक बर्दघाट नवलपरासीका कनिष्ट सहायक अञ्चल सुनारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार राष्ट्र सेवक कर्जा बापत सेवाग्राहीको खातामा निकासा भएको रकम निकाल्न नमिल्ने गरी रोक्का राखिएको खाता खोल्ने प्रयोजनका लागि सुनारले सेवाग्राहीसँग रु १० हजार घुस मागेको अभियोग लागेको छ ।

यस्तै आयोगले आजै कालिका देवी प्राथमिक विद्यालय अछाममा कार्यरत शिक्षक सुरतबहादुर रावलको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस