असिना पानी र पहिरोले क्षति « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

असिना पानी र पहिरोले क्षति


प्रशासन संवाददाता

५ बैशाख २०७६, बिहिबार


सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका–४ अत्तरपुरको सिक्रेस्थित शान्ति उदय आधारभूत विद्यालयलाई बुधबार बेलुकाको असिनापानीसँगै परेको वर्षाले पूर्णरुपमा क्षति पुर्‍याएको छ ।

माथिबाट झरेको पहिरो विद्यालयमा छिरेर पठनपाठन गर्न नमिलेपछि बन्द गर्नुपरेको वडाध्यक्ष कुमार लामाले बताए । उनका अनुसार वर्षाले गए राति ६/७ ठाउँमा पहिरो गएर अत्तरपुर, ठूलो धादिङ तथा लिसङ्खु सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ ।

त्यस्तै हवाहुरीसँगै परेको असिनापानीले मुढेआसपास जेढल तथा उत्तरपुरमा लगाइएको करीब रु ३५ लाख बराबरको आलु पूर्णरुपमा क्षति भएको छ । मुडेको आलु स्वादिलो र चाँडै पाक्ने हुँदा लोकप्रिय छ।

प्रतिक्रिया दिनुहोस