स्याउँका विरुवा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

स्याउँका विरुवा


प्रशासन संवाददाता

४ बैशाख २०७६, बुधबार


स्याउँ खेती : अपी हिमाल गाउँपालिकाको वडा नम्बर ३ र ४ मा अहिले व्यवसायिक रुपमा स्याउँ खेती शुरु गरिएको छ । ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको सहयोगमा अपी हिमाल गाउँपालिकाको वडा नम्बर ३ र ४ सात सय वटा स्याउँका बोट रोपिएको छ ।

परियोजना शुरु भएपछि किसानलाई व्यवसायिक रुपमा स्याउँ खेतीतर्फ आकर्षण गर्न मुस्ताङ र इटालीबाट ल्याइएका स्याउँका विरुवा रोपिएका हुन् । गाउँपालिकामा रोयल डेलिसियस र गोल्डेन जातका स्याउँका विरुवा रोपिएका छन् ।

यस्तै अपी हिमाल गाउँपालिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत तीन हजार स्याउँका बोटहरु रोपिएका छन् । तस्वीर : नरेन्द्रसिंह कार्की, रासस, दार्चुला,

Tags :
प्रतिक्रिया दिनुहोस