सेती नदीको संरक्षण गर्न आग्रह « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सेती नदीको संरक्षण गर्न आग्रह


प्रशासन संवाददाता

४ बैशाख २०७६, बुधबार


चिप्लेढुङ्गा । गण्डकी प्रदेश, अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले पोखराको गहनाका रुपमा रहेको सेती नदीको संरक्षण र प्रवर्द्धन चासो दिनुपर्ने बताएका छन् । पोखराको बीच भाग भएर बग्ने सेती नदीको संरक्षण र प्रवर्द्धन गर्न सके नयाँ पर्यटकीय गन्तव्य बनाउने सकिने उनको भनाइ छ ।

युनाइटेड क्लब पोखराको नवौँ वार्षिकोत्सवका अवसरमा आज आयोजित ‘सेती नदी संक्षणमा सरोकारवालाको भूमिका’ विषयको अन्तक्रियाका वक्ताले सेती नदीलाई दोहन र फोहर फाल्न मात्रै प्रयोग गरेको यसको संरक्षण र प्रवर्द्धनमा चासो नदिएको गुनासो गरेका थिए ।

पोखरा उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष विश्वप्रकाश लामिछानेले सेती नदीलाई दोहन गरी फाइदा लिने र भए जति फोहरको नाला फाल्ने ठाउँ भएको छ भन्दै बेलैमा यस्ता कार्य रोकेर संरक्षणतर्फ लाग्नुपर्नेमा जोड दिए ।

प्रा डा.कृष्ण केसीले जमीनमुनिबाट कलकल गर्दै बग्ने सेतीको कलकल आवाजलाई पर्यटकीय रुपमा विकाउन सकिने बताए । क्लबका अध्यक्ष लालकाजी गुरुङले क्लबले सेती संरक्षणमा चासो दिँदै आएको भन्दै सम्पूर्णले आ–आफ्नो ठाउँबाट पहल गरे संरक्षण हुने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस